ताप्लेजुङमा आज करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङबाट पाथीभरा जाँदै गर्दा बाटोमा जीपमा बिजुलीको पोलबाट करेन्ट लागेको हो । बिजुलीको तार चुडिएर झुन्डिएको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ।
पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट चुडिएको तारमा झुन्डिएको तारबाट आगो लागेको थियो । घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भीम दाहालले मृतकको नाम सनाखत हुन बाँकी रहेको बताए ।










