खुल्लादिसा मुक्त वडाको – वडा कार्यलय खुल्लादिसा मुक्त हुन सकेन्

 

सुर्नया गाउँपालीकाको वाड नं ४ को वडाकार्यलयमा शौचालय नै छैन । निवर्तमान वडा अध्क्षय दिनेश भट्टले सौचालयको लागि ८० हजार रकम विनियोजन गरेका थिए । त्यासलगतै स्थानिय तहको दोस्रो कार्यकालका लागि निर्वाचन भएपछि शौचालय बनाउने काम रोकिएको थियो। नयाँ निर्वाचित वडा अध्यक्ष प्रताप महराले शौचालयको लागि विनियोजित रकम शौचालय नैैै नबनाइ खर्च गरेका थिए।

शौचालयको लगि विनियोजित रकममा भ्रष्टाचार गरेको भन्दै यो विषय अख्तियार  सम्मपुगेको थियो तर अख्तियारले पनि कुनै खास कदम चालेको देखिएन । अझैपनि वडा कार्यलयमा शौचालय बनाउने कुनै पनि कदम चालिएको छैन् ।

वडा कार्यलयमा कामका लागि आउने पुरुष सेवाग्रहीहरु खुल्ला ठाउँमा नै सउच गर्न बाध्य छन्, भने महिला सेवाग्रहीहरु फाटीगाडा विद्मालयको वा स्वसथ्य चौकीको शौचालय प्रयोग गर्न बाध्य छन् । यस्तै वडा कार्यलमा कामगर्ने महिला कर्मचारीहरुको अवस्था छ भने वडा कार्यलयका जनप्रतिनिधि र पुरुष कर्मचारीहरु वडा कार्यालयको पछाडिपटीको खुल्ला ठाएमा गएर सउच गर्न गरेका छन् ।

SHARE