मिस म्हेंन्दो माया २०२६’ को भव्य सफलता र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

काठमाडौं, साउन ११
बि.एस.के एक्टिभ नेपाल प्रोडक्सन प्रालिको आयोजनामा सम्पन्न भएको ‘मिस म्हेंन्दो माया ब्यूटी क्वीन २०२६’ को सफलताको खुसी साटासाट गर्दै विजेता तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

एक विशेष कार्यक्रमका बीच आयोजित ‘सक्सेस पार्टी विथ सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम २०२६’ मा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको हो। उक्त कार्यक्रममा सांस्कृतिक नृत्य तथा कलात्मक प्रस्तुतिहरूसहित प्रतियोगिताका विजेताहरूलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने पूर्व पर्यटन, नागरिक उड्डयन तथा राज्यमन्त्री पर्शुराम तामाङ विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।

BSK Active Nepal Production Pvt. Ltd. का अध्यक्ष सुर्या मम्बा तामाङ (सुर्या तामाङ) को विशेष सक्रियतामा भएको उक्त कार्यक्रमको सभापतित्व पासङ लामा ले गर्नुभएको थियो भने  कार्यक्रम सञ्चालन करण ग्लानले गर्नुभएको थियो

 निर्णायक मण्डल

प्रतियोगीहरूको प्रतिभा र क्षमताको मूल्याङ्कन गर्न तामाङ कला र चलचित्र क्षेत्रका स्थापित व्यक्तित्वहरू सम्मिलित निर्णायक मण्डल (Jury) रहेको थियो, जसमा: १. लेक योन्जन तामाङ – पहिलो म्हेन्दोमाया रेकर्डिङ गायक २. सागर एस. वाइबा तामाङ – वरिष्ठ म्हेन्दोमाया गायक ३. राज किङ वाइबा – चर्चित निर्देशक ४. चाँदनी मोक्तान – तामाङ चलचित्रकी चर्चित नायिका

विधागत विजेताहरूको सूची (Subtitle Awards)

प्रतियोगितामा सहभागी अन्य सुन्दरीहरूले पनि विभिन्न विधामा आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गर्दै उपाधिहरू जितेका छन्, जसको विवरण यस प्रकार छ:

विजेताको नाम प्राप्त उपाधि (Title)
सबिता तामाङ Winner / Miss Congeniality
जेनिसा तामाङ First Runner-up / Miss Best Walk / Public Choice / Viewer Choice
पूर्णिमा तामाङ Second Runner-up / Miss Radiant
रचना तामाङ Third Runner-up / Miss Confidence
लिडिया तामाङ Miss Diligent / Miss Talent
उमिको तामाङ Miss Charming / Miss Photogenic
कबिना वाइबा Miss Personality / Organizer’s Choice
रोश्नी तामाङ Miss Elegant
सन्जिता तामाङ Miss Discipline
बिपना तामाङ Miss Active
सङ्गिता तामाङ Miss Energetic
SHARE