
काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाईे नियन्त्रणमा लिएको छ। अध्यक्ष लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीहलगायलाई प्रहरीले सिहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो ।
उनीहरूले सिंहदबारस्थित आफ्नो संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेकाले उनीहरुलाई नियन्त्रमा लिएकोहो ।दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जान लागेको बेलामा विरोध जनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग गर्दै आन्दोलनको गरेका हुन् ।









