तामाङ सोसाइटी अफ भिक्टोरियाको इतिहासमै पहिलो पटक महिला नेतृत्व

भिक्टोरिया, मेलबर्न  तामाङ सोसाइटी अफ भिक्टोरियाको गत अप्रिल 25 मा यश संस्थाको संस्थापक सदस्य बम योञ्जन ज्यू को सभापतित्व तथा पुर्ब अध्यक्षहरुको उपस्थितिमा  सम्पन्न साधारणसभाबाट बबी लामाको नेतृत्वमा 2025-2027 कार्यकालको लागि नया कार्यसमितिको चयन गरिएको छ। नयाँ कार्यसमितिमा उपाध्यक्षमा डा. सम्दिप पाख्रीन र चित कुमार लामा, महासचिवमा धन तामाङ, कोषाध्यक्षमा कृपा लामा, संस्कृति संयोजकमा हिरा बम्जन, युवा संयोजकमा सतिश लामा तथा सह-संयोजकमा अश्मिता तामाङ, खेल संयोजकमा बिकास लामा तथा सह-संयोजकमा सुस्मा लामा चयन गरिएको छन् भने सदस्यहरुमा निरज लामा, विकल्प लामा घिसिङ, रिनु मोक्तान, खुसाङ पाख्रीन, सुमन लामा र लाक्पा लामा चयन गरिएको छ।    सन् 2008 सालमा स्थापना गरिएको यश तामाङ सोसाइटी अफ भिक्टोरियाको आफ्नै इतिहास र अस्तित्व रहेको छ। उक्त समयमा भिक्टोरिया राज्यमा तामाङहरुको बाहुल्यता एकदम न्यून रहेकोे बाबजुद पनि आफ्नो भाषा, धर्म, संस्कृत तथा पहिचानको जगेर्ना गर्नको लागि यस संस्थाको स्थापना गरिएको जानकारी संस्थापक सदस्य बम  योञ्जन ज्यूले उक्त साधारणसभामा जानकारी दिनुभएको थियोे । तामाङ सोसाइटी अफ भिक्टोरियाको इतिहासमै पहिलो पटक महिला नेतृत्व चयन गरिएको छन भने कार्यसमितिमा महिला र पुरुषको बराबरी सहभागिता पनि गराइएको छ। साथै पुर्ब अध्यक्ष मनिष लामा द्वारा साधारणसभामा पुर्ब कार्यकालको आय-व्यय प्रस्तुत गर्नुभएको थियो।

SHARE