सरकारसँग वार्ताका लागि शिक्षक महासंघका पदाधिकारी सिहदरबारमा

काठमाडौं शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हुन लागेको हो । आन्दोलनरत शिक्षक महासंघ र सरकार विच सिहदरबारमा बार्ता सुरु भएको छ । महासंघका प्रतिनिधि अहिले वार्ताका लागि सिंहदरबारस्थित शिक्षा मन्त्रालय पुगेका छन् ।

सरकार संग वार्तामभए पनि जबसम्म सरकारले हाम्रा माग सम्बोधन गर्दैन तबसम्म आन्दोलन नरोकिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् । अध्यक्षले आन्दोलन जारीरहने भन्दै नियमितझैँ बिहान ११ बजे माइतीघरमा भेला हुन शिक्षकहरूलाई आग्रह गरेका छन्।

शनिवार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भने यो निर्णायक र अन्तिम लडाइँ रहेको बताएका छन्। अबको यो निर्णायक क्षणमा हामी छौँ । यस्तो वेला नियमित भन्दा बढी बल रसक्रिया हुनुपर्छ उनले लेखेका छन्।

सरकार र महासंघबीच शुक्रबार नै वार्ता तय भए पनि अन्तिम समयमा भाँडिएको थियो। शिक्षामन्त्री रघुजी पन्तको आह्वानका आधारमा वार्तामा बस्न शिक्षक महासंघको टोली गएको थियो। तर सिंहदरबार पुग्दा शिक्षक संघ–संगठनका २५ प्रतिनिधिको नाम जारी भएको देखेपछि महासंघको टोली फर्किएको थियो।

SHARE