फेस अफ तामाङ किड्सले तामाङ समुदायका बालबालीकाहरुको लागि सौन्दर्य प्रत्योगिता कार्यक्रमको दोस्रो संस्करण २०२५ आयोजना गर्न लागेको छ । कार्यक्रमको दास्रो सस्करणको अडिसन फाराम अब आउने शनिबार देखि खुल्ने छ । तामाङ समुदायका बालबालीकाहरुको विद्धविकासका लागि युथ क्रियशन नेपाल प्र.लि ले यो कार्यक्रमको आयोजना गर्न लागेको युथ क्रियशन नेपालका संस्थाप अध्यक्ष रबि लामा तामाङले जानकारी दिए ।

तामाङ समुदायका बालबालीकाहरुलाई आफ्नो भेषभुषा, भाष, धर्म, संस्कृतिक र रहनसहन संगै बालबालीको अन्र्तनिहित विकास गर्ने उद्देश्य रहेको अध्यक्ष तामाङले भने । यस कार्यक्रमा ६ बर्ष देखि १३ बर्षसम्मका बालबालीकाहरु सहभागि हुन पाउने छन्। सहभागिहुनाको लागि फेस अफ तामाङ किड्सको फेसबुक पेजबाट आडिसन फाराम भर्न सकिनेछ भने फाराम शुल्क रु १ हजार निर्धारण गरिएको छ ।

यस कार्यक्रमा सहभागिहुने बालबालीकाहरुको प्रशिक्षण शुल्क १३ हजार तोकिएको छ । यस अन्र्तगत कोरियोग्राफि, फेशन डिजायन, डान्स, ड्रेस अप इत्याआदि किर्याक्रलाप गरिने छन्। यो कार्यक्रमको मुख्य प्रशिक्षको भूमिकामा वरिष्ट फेशन कोरियोग्राफर रोजीन शाक्या र वरिष्ट डान्स कोरियोग्राफर एम.बि गुरुङ रहने छन् ।
यस्तै तामाङ समुदायको विभिन्न मौलिक संस्कृतिक झल्कने ताम्बा, डम्फु लगायत तामाङ संस्कृति सम्बन्धी पशिक्षण ह्वाइला न्हानका अध्यक्ष सञ्जिप लामा पोङ्तिला च्याङ्बा ले दिनेछन् ।











