गायक प्रकाश वाइबाको गोप्पे सेटिङ भिडियो सहित बजारमा

शैलुङ सञ्चार । पछिल्लो समय तामाङ सेलो गीत संगीतको बजारमा एक पछि अर्को हिट गीतहरु बजारमा ल्याउन सफल युवा गायक तथ संगीतकार प्रकाश वाइबाको गोप्पे सेटिङ भिडियो सहित बजारमा आएको छ ।

तीन दिन अघि मात्रै Prakash Waiba युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतले ४८ घण्टामा नै झण्डै ३७ हजार भिउअर्स कमाउन सफल भएको छ ।

सिन्धुली कमलामाई नगरपालिका धुरा फाँटमा जन्मेको प्रकाश वाइबा गीत संगीतको आकाशमा आफ्नो छुट्टै पहिचान बनाउने दौरानमा देखिन्छ । उनले निकालेका हरेक गीतहरुमा केही नयांपन र फरक स्वाद ल्याउने गरेको पाईन्छ । वाइबाको सुमधुर आवाजको क्रेज तामाङ समुदायमा निक्कै बडेको देखिन्छ ।

प्रकाश तामाङ भन्छन्  गीत संगीतमा अगाडि बढ्नलाई निकै मुस्किल छ। तर यदि धैर्यताको साथ अगाडि बढ्न सक्यो भने त्यसको प्रतिफल पनि मिठो छ। 

अहिले सबै भाइरलको पछि लागिरहेको देख्छु चुनौतीपूर्ण छ जीवन गीत संगीतमा म पनि विगत ९  १० वर्ष देखि नै गीत संगीति क्षेत्रमा अगाडि बढिरहँदा धेरै चुनौतीहरू समस्याहरू भोगेको छु र मैले महसुस पनि गरेको छु।

तर गीत संगीतलाई छोडेर अरु कामहरू अँगाल्न सकेन व्यवसायीहरूमा गीत संगीतमा म अगाडि बढिरहे छु जाड रक्सीको नशा भन्दा पनि धेरै ठूलो नशा लागेको छ मलाई मैले विगत लामो समयदेखि गीत संगीतमा अगाडि बढिरहँदा बाधा अर्चना समस्याहरू धेरै भोगेको छु। 

हालै सार्बजनिक गरिएको  गोप्पे सेटिङ गीतको शब्द पृथ्वी लामा संगीत  प्रयास तामाङको रहेको छ भने आवाजमा प्रकाश वाइबाको साथमा अन्जिला रेग्मी को रहेको छ । उक्त गीतको भिडियो तर्फ भने चर्चित छायांकार तथा भिडियो सम्पादक सञ्जीव थोक्करको निर्देशनमा चर्चित मोडल सञ्जीव गोले सिर्जना घिसिङको अभिनय रहेको छ भने सञ्जीव थोक्करको न्रित्य निर्देशन रहेको छ ।

भिडियो लिङ्क https://youtu.be/5n9qE-lcn1o?si=KlMV59dzvs4k-dC5

SHARE